
अत्तरिया – किशोरी बलात्कार आरोपमा पक्राउ परेका कैलालीको गोदावरी–८ का ४२ वर्षीय टेक बहादुर साउँदलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले म्याद थप गरेको छ ।
उनलाई ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न सोमबार जिल्ला अदालतबाट म्याद थप गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक पुष्कर पन्तले बताएका छन् ।

गेदावरी- ८ को स्याउलेमा होटल सञ्चालन गर्दै आएका साउँदमाथि किशोरी बलात्कारको उजुरी प्रहरीमा दर्ता छ ।
पुस १५ गते आफूमाथि बलात्कार गरेको भन्दै किशोरीले उजुरी दर्ता गरेपछि पुस १९ गते प्रहरीले उनलाई पक्राउ गरेको थियो ।














