डेउडा गायक दिर्घ फुलाराको नयाँ गित ‘लहरी पल्टन आयो’ सार्वजनिक

Image
maya metro

अत्तरिया – डेउडा गायक दिर्घ फुलाराले नयाँ डेउडा गित ‘सार्वजनिक गरेका छन् । फुलाराले आफ्नै युट्युब च्यानल दिर्घ फुलारा बाट ‘लहरी पल्टन आयो’ बोलको भारी डेउडा खेल सार्वजनिक गरेका हुन् ।

फुलारा र लक्ष्मी नेपालीको स्वरमा रहेको गीतमा शब्द रचना फुलाराले नै गरेका हुन् । त्यस्तै सङ्गीत संयोजन बिनोद बाजुरालीले गरेका छन् भने मिक्सिङ खड्क बाजुरालीले गरेका छन्। गितमा माया–प्रेम र लोक संस्कृतिको झलक प्रस्तुत गरिएको छ।

nisarga

गीत मालश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो। भिडियो निर्देशन भीम थापाले गरेका छन्, छायांकन अमृत उपाध्यायले तथा ड्रोन पनि उनले नै सञ्चालन गरेका छन्। सम्पादन प्रभिन रेश्मी मगरले गरेका हुन्।

डडेल्धुराको गन्यापधुरास्थित बडालमा छाँयाङ्कन गरिएको भिडियोमा दिर्घ राज फुलारा र उर्मिला कुँवरले अभिनय गरेका छन्। पोस्ट–प्रोडक्सन खप्तड फिल्म्सद्वारा सम्पन्न गरिएको छ।

हेर्नुहोस् भिडियो :