गोदावरीको फकलपुरमा माघि विशेष कार्यक्रम सम्पन्न

Image
maya metro

अत्तरिया – माघि पर्वको अवसरमा कैलालीको गोदावरी नगरपालिका वडा नम्बर- ८ स्थित फकलपुरमा आयोजत माघि विशेष कार्यक्रम सम्पन्न भएको छ ।

आयोजक फकलपुर जागृति क्लबका अध्यक्ष वीरेन्द्र चौधरीको सभा अध्यक्षतामा सम्पन्न भएको माघि विशेष सचेतनामूलक सांस्कृतिक कार्यक्रममा सुदूरपश्चिम प्रदेशका अर्थ राज्य मन्त्री प्रकाश बहादुर बम प्रमुख अतिथि रहेका थिए ।

nisarga

कार्यक्रममा बोल्दै मन्त्री बलमे थारु संस्कृति आफैमा अमुल्य रहेको बताए ।

उनले पछिल्लो समय थारु संस्कृति लोप हुनेक्रममा रहेको बताउँदै संस्कृति संरक्षणका लागि सबैले पहल गर्नुपर्ने बताए ।

प्रदेश सरकार पनि त्यसका लागि हातेमालो गर्न तयार रहेको मन्त्री बमले बताए ।

क्लबका अध्यक्ष चौधरीले संस्कृति संरक्षण गर्ने उदेश्यले आफूहरुले उक्त कार्यक्रमको आयोजना गरेको बताए ।

कार्यक्रममा भान्जा होटल गेटा, वीरेन्द्र मोबाइल ग्यालरी मनहरा, फुलकुमारी होटल बिजौराले सह प्रायोजन गरेको कार्यक्रममा फकलपुर गाउँ समाजले सहकार्य गरेको थियो भने ग्लोबल मोर्डन पब्लिक स्कुल घोडसुवा, जमिन इन्भेस्टमेन्ट म्यानेजमेन्ट प्रालि धनगढी, शुभकोटी मोर्टस यमहा शोरुम अत्तरिया र एनएनबी इन्टरप्राइजेज अत्तरियाले मुख्य प्रायोजन गरेका थिए ।

कार्यक्रममा थारु समुदायका झाँकीहरु प्रस्तुती गरिनुका साथै विभिन्न सांस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा लोप हुँदै गइरहेका थारु समुदायका विभिन्न सामग्रीहरु तथा कृषि प्रर्दशनी गरिएको थियो ।

कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुसहित स्थानीयहरुको उपस्थिति रहेको थियो ।