
अत्तरिया – कैलालीको अत्तरियामा गत पुस ९ गतेदेखि २१ गतेसम्म सञ्चालित सृजनशिल गोदावरी सांस्कृतिक महोत्सवको आय व्यव विवरण सार्वजनिक गरिएको छ ।
आयोजक न्यू सृजनशिल युवा क्लबले शनीबार पत्रकार सम्मेलनको आयोजना गर्दै आय व्यव विवरण सार्वजनिक गरेको हो ।

क्बलका अध्यक्ष नर राईले सार्वजनिक गरेको विवरण अनुसार महोत्सवले १ करोड ४ लाख ६९ हजार ६५० रुपैयाँ आम्दानी गरेको छ ।
महोत्सवले टिकट बिक्रिबाट मात्रै ७१ लख १९ हजार ६५० रुपैयाँ आर्जन गरेको छ । त्यसैगरी स्टलबाट १० लाख, रमाइलो मेलाबाट ११ लाख, मुल गेट र स्वागत गेट प्रायोजकबाट ७५ हजार र गोदावरी नगरपालिकाबाट ५ लाख गरी १ करोड ४ लाख ६९ हजार ६५० रुपैयाँ आम्दानी गरेको क्लबका अध्यक्ष नर राईले बताएका छन् ।
त्यस्तै महोत्सवमा ९५ लाख ९० हजार २७६ रुपैयाँ खर्च गरेको छ । राष्ट्रिय तथा स्थानीय कलाकार, यातायात इन्धन, कलाकार व्यवस्थापन, मैदान मर्मत सम्भार, सामाजिक दायित्व,सुरक्षा, विज्ञापन छपाई लगायत गरी ९५ लाख ९० हजार २७६ रुपैयाँ खर्च भएको राईले बताए ।
यसरी महोत्सवले ८ लाख ७९ हजार ३७४ रुपैयाँ नाफा आर्जन गरेको छ । त्यसैगरी बिक्रि भएको टिकटबाट ५ प्रतिशत सामाजिक कार्यमा लगानी गर्ने क्लबको निर्णय बमोजिम ३ लाख ५६ हजार ५५ रुपैयाँ घटाउँदै ५ लाख २३ हजार ३१९ रुपैयाँ क्लबले खुद नाफा आर्जन गरेको छ ।
५६ हजार ९१६ जना साधारण र २८५६३ जना विद्यार्थीले गरी ८५ हजार ४७९ जना दर्शकले महोत्सव अवलोकन गरेको आयोजकले जनाएको छ ।















