कांग्रेस कैलाली- ४ को चुनावी रणनिति केन्द्रित वैठक सम्पन्न

Image
maya metro

अत्तरिया – नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर- ४ ले प्रतिनिधि सभा निर्वाचन लक्षित रणनिति केन्द्रित वैठक सम्पन्न गरेको छ ।

आज गोदावरी २ तेघरीस्थित पार्टनर प्यालेसमा पार्टीका उम्मेदवारलाई निर्वाचित गराउन तथा निर्वाचन व्यवस्थापन रणनिति केन्द्रित बृहत संयुक्त वैठकको आयोजना गरेको हो ।

nisarga

वैठकमा महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला कार्यसमिति सदस्यहरु, क्षेत्रीय कार्यसमितिका पदाधिकारी एवम् सदस्यहरु, पालिका कार्यसमिति, वडा कार्यसमिति, भातृ तथा शुभेच्छुक र क्रियाशील सदस्यहरुको उपस्थिति रहेको थियो।

फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा कैलाली क्षेत्र नम्बर- ४ मा नेपाली कांग्रेसबाट गोरख बहादुर विष्ट (आनन्द) उम्मेदवार रहेका छन् ।

निर्वाचन लक्षित वैठकले कैलाली क्षेत्र नम्बर- ४ को निर्वाचन कमाण्डको जिम्मा क्षेत्रीय सभापति बसन्त रोकाया (ललित)लाई दिएको छ ।