
अत्तरिया – अत्तरिया कैलालीको गोदावरी नगरपालिका वडा नम्बर– ८ स्थीत मजगाउँमा गोदावरी नगर स्तरीय थारु माघ महोत्सव २०८२ सुरु भएको छ ।
।
संस्कृति संरक्षण, स्थानिय पर्यटन तथा आधुनीक कृषि प्रर्वद्धनका लागि एकजुट हौँ भन्ने मुल नाराका साथ थारू कल्याणकारिणी सभा, वरघर भलमन्सा गोदावरी नगर समिति, मजगाउँ थारु सामुदायिक होमस्टे र न्यू खुटिया चारपाते युवा क्लबले संयुक्तरुपमा आयोजना गरेको महोत्सवको आज एक कार्यक्रमकाबिच सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डाक्टर टि.एन जोशीले उद्धघाटन गरेका हुन्् ।

मजगाउँ थारु संग्रहालय परिसरमा सञ्चालन भइरहेको महोत्सवमा स्थानीय झाँकीहरू प्रदर्शनका साथै थारु राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने छ ।
महोत्सवमा थारु खानपानको व्यवस्था, थारु कला संस्कृतिको जगेर्ना सम्बन्धी विविध कार्यक्रम, थारु कला,सिप झल्कने थारु संग्रहालयको अवलोकनको व्यवस्था रहेको छ ।
माघ १४ गतेसम्म चल्ने महोत्सवमा थारू परिकार, कृर्षि उपज, स्थानिय उत्पादन लगायतका स्टलहरु रहेका छन् ।
थारू कल्याणकारिणी सभा गोदावरी नगर समितिले २०६७ सालदेखि माघ महोत्सवको आयोजना गर्दै आएको छ ।














