गोदावरीको हरैयामा माघी मिलन सांस्कृतिक कार्यक्रम सुरु

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी– ७ स्थित हरैयामा आजदेखि माघी मिलन सांस्कृतिक कार्यक्रम सुरु भएको छ ।

गोदावरी नगरपालिकाको सहयोगमा गोदावरी नगर भलमन्सा (बरघर) समितिले आजदेखि तीन दिनसम्म माघी मिलन सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो ।

nisarga

समितिका नगर अध्यक्ष मान बहादुर चौधरीको सभा अध्यक्षतामा सुरु भएको उक्त कार्यक्रमको गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्ट र उप प्रमुख शारदा देवी रोकायाले संयुक्तरुपमा उद्धघाटन गरेका हुन् ।

थारु एवम् राना थारु संस्कृतिको संरक्षण र पुस्तान्तरणका लागि माघी मिलन सांस्कृतिक कार्यक्रम आयोजना गरिएको समितिका अध्यक्ष चौधरीले बताएका छन् ।

गोदावरी–७ स्थित थारु संग्रहालयमा भइरहेको सांस्कृतिक कार्यक्रममा राना थारु समुदायका विभिन्न कला प्रस्तुतिहरू, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, साथै झाँकी प्रदर्शन समेत हुने चौधरीले बताए ।

उक्त सांस्कृतिक कार्यक्रमको व्यवस्थापनको जिम्मा हरैया गाउँ समाजले लिएको छ ।