
अत्तरिया – कैलाली क्षेत्र नम्बर- ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिनिधि सभा निर्वाचनको तिव्र प्रचारप्रसारमा जुटेको छ।
आफ्ना निर्वाचन गतिविधि चुस्त बनाउन रास्वपाले क्षेत्र नम्बर- ४ का ३० वटै वडामा निर्वाचन सम्पर्क कार्यालय स्थापना गर्ने भएको छ।

मंगलबारसम्म पार्टीले गोदावरी नगरपालिकाका ९ वटा वडाहरुमा सम्पर्क कार्यालय स्थापना गरिसकेको छ ।
अन्य वडाहरुमा केहि दिनमै निर्वाचन सम्पर्क कार्यालय स्थापनाको काम सम्पन्न गर्ने रास्वपा गोदावरीका नगर सभापति दीपक ओझाले बताएका छन् ।
क्षेत्र नम्बर- ४ अन्तरगत गोदावरी नगरपालिका सबै १२ वडा, गौरीगंगा नगरपालिकाका सबै ११ वडा,चुरे गाउँपालिकाका सबै ६ वडा र मोहन्याल गाउँपालिकाको १ वडा गरी ३० वडा समावेश छन् ।













