
अत्तरिया – कैलालीको गोदावरी होटल व्यवसायी संघको अध्यक्षमा रविन्द्र खड्का चयन भएका छन् ।
शनिबार संघका अध्यक्ष लक्ष्मण धामीको सभा अध्यक्ष्यतामा सम्पन्न ९ औं साधारणसभा तथा चौथो अधिवेशनले खड्कालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । संघको उपाध्यक्ष्मा बिस्ना देवी बोहरा चयन भएकी छिन् भने महासविमा दिल बहादुर खत्री चयन भएका छन् ।

त्यस्तै सचिवमा निर्मला पन्थी र कोषाध्यक्षमा लाल बहादुर धामी चयन भएका छन् ।
सदस्यहरुमा लोक बहादुर सिंह, सुरेन्द्र बहादुर विष्ट,रुपा देवी गौतम, पवित्रा भण्डारी, सिता देवी चुनारा, विजय सिंह धामी र डल्लु राना मगर चयन भएका छन् ।















