अछाम कारागारमा कैदीबन्दीलाई लागूऔषध दिन खोज्ने युवक पक्राउ

Image
maya metro

अछाम – मंगलसेन नगरपालिका–५ स्थित कारागार सुरक्षा गार्डको मूल गेटबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।

बुधबार दिउँसो कारागार सुरक्षा गार्ड अछामबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्ने क्रममा मंगलसेन नगरपालिका–३ बस्ने २८ वर्षीय मोहन बोगटीको साथबाट १ ग्राम ४२ मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारेको हो।

nisarga

उक्त पदार्थ कैदीबन्दीलाई दिनका लागि प्लास्टिकमा मसुरो दालसँग लुकाइछिपाइ राखिएको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ।

बोगटीलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ।