
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर- २ स्थित अत्तरियामा श्रीमद् भागवत ज्ञान महायज्ञ सुरु भएको छ ।
महिला तथा बालबालिका सेभ हाउस अत्तरियाको आयोजनामा सुरु भएको महायज्ञको आज एक कार्यक्रमकाबिच गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले उद्धघाटन गरेका छन् ।

सेभ हाउसमा आश्रित बालबालिकाको पालन–पोषणका लागि अक्षय कोष स्थापना गर्ने उदेश्यले आयोजित महायज्ञको पहिलो दिन आज कलश यात्रा पनि निकालिएको छ ।
कलशयात्रामा विभिन्न संघ संस्थाका प्रतिनिधि, आमा समूह, विद्यालयहरु एवम् सुरक्षाकर्मीहरुको उपस्थिति रहेको थियो ।
चर्चित कथा वाचिका सुमि मानवसहितको समूहले कथा प्रवचन गरिरहेको महायज्ञमा मूल पाठ पारायण, यज्ञ, होम तथा पूजा उपवाचक जनार्दन प्रसाद पन्तले सम्पन्न गर्नेछन् ।
फागुन ३ गतेसम्म सञ्चालन हुने महायज्ञ अवधिभर अन्नदान, मुठीदान, तुलादान, व्रतबन्ध, विवाहलगायत विभिन्न धार्मिक कार्यक्रमहरू पनि सञ्चालन गरिने सेभ हाउसकी अध्यक्ष जानकी मलासीले बताएकी छिन्।
सेभ हाउसमा हाल ४० जना अनाथ बालबालिका आश्रित रहेकाछन् । पवित्र उदेश्यले सुरु भएको उक्त महायज्ञमा दान गरेर पून्य कमाउन आयोजकले आग्रह गरेको छ ।














