
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर-९ स्थित बल्मीमा रहेको ग्वासी समैजी ग्रामिण विद्युत सहकारीको १८ औंं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सोमबार संस्थाका अध्यक्ष गोबिन्द बहादुर भण्डारीको सभा अध्यक्षतामा सम्पन्न साधारण सभामा कैलाली कञ्चनपुर ग्रामिण विद्युतिकरण छाता संगठनका अध्यक्ष टेक बहादुर देउवा प्रमुख अतिथि रहेका थिए।

कार्यक्रममा बोल्दै देउवाले संस्थालाई अगाडि बढाउन शेयर सदस्यहरुको महत्वपूर्ण हात रहने बताए।

उनले समयमै महसुल तिरेर, विद्युतिकरणमा समस्या आएमा तुरुन्तै सम्बन्धित व्यक्तिलाई, कार्यसमितिलाई जानकारी गराएर शेयर सदस्यहरुले सहयोग गर्नुपर्ने बताए।
कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष भण्डारीले भवनको सिमांकन नहुँदा भवन स्तरोन्नतीमा समस्या भइरहेको बताए।
उनले आगामी वर्षदेखि रासायनिक मल पनि संस्थाबाट बिक्रि गर्ने उदेश्य राखिएको बताए । साधारण सभामा विभिन्न संघ संस्थाका प्रतिनिधि, संस्थाका पूर्व एवम् वर्तमान पदाधिकारी लगायत शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।














