हत्या मुद्दामा फरार धनगढीबाट पक्राउ

Image
maya metro

अत्तरिया – कर्तव्य ज्यान मुद्दामा अदालतबाट कैद र जरिवाना सजाय तोकिएका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला अदालत कैलालीको फैसलाअनुसार २ वर्ष कैद र ५ सय रुपैयाँ जरिवाना सजाय तोकिएका धनगढी उपमहानगरपालिका–२ का ३४ वर्षीय हरि यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

nisarga

फैसला कार्यान्वयनका क्रममा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले उनलाई सोमबार धनगढी उपमहानगरपालिका–३ मिलनचोकबाट पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका यादवलाई सजाय कार्यान्वयनका लागि सम्बन्धित निकायमा पेश गरिएको प्रहरीले जानकारी दिएको छ।