डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाकाे मृत्यु, तीन घाइते

Image
maya metro

डडेल्धुरा – डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

आइतबार राति साढे ११ बजेतिर अजयमेरु गाउँपालिका-२ स्थित चमडा डडेल्धुरा पक्की खण्डमा चमडाबाट डडेल्धुरातर्फ जाँदै गरेको सु.प. ५.०१००२त ७४२८ नम्बरको ट्याक्टर अनियन्त्रित भएर सडकबाट डेढ सय मिटर तल खसेर दुर्घटना भएकाे प्रहरीले जनाएको छ ।

nisarga

दुर्घटनामा कञ्चनपुरकाे कृष्णपुर नगरपालिका-२ बाणी बस्ने वर्ष २० वर्षीय सन्दिप चौधरीको घटनास्थलमै मृत्यु भएको सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर जाेराले बताए ।

उनकाअनुसार दुर्घटनामा कृष्णपुरकै २० वर्षीय जोन चाैधरी, २३ वर्षीय उमेश राना र मुख र २० वर्षीय पुरन चौधरी घाइते छन् । उनीहरूकाे डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।