
अत्तरिया – कैलालीको गोदावरी नगरपाकिामा अपाङ्गता भएका ७ जनालाई सिलाइकटाई तालिम प्रदान गरिएको छ । अपाङ्ग एकता समाज कैलालीको आयोजनामा समावेसी विकास प्रबद्र्धन परियोजनाले अबिलिस फाउन्डेसनको आर्थिक सहयोगमा ७ जनालाई सिलाइकटाई तालिम प्रदान गरेको हो ।
अपाङ्गता भएका व्यक्तिलाई आत्मनिर्भर बनाउने उदेश्यले सुरु गरेको सिलाइकटाई तालिमको शुक्रबार एक कार्यक्रमका बिच समापन गरिएको छ । समापन कार्यक्रममा गोदावरी नगरपालिकाकी उप प्रमुख शारदा देवी रोकाया प्रमुख अतिथि रहेकी थिइन् भने कार्यक्रममा गोदावरी नगरपालिका वडा नम्बर-८ का वडा अध्यक्ष गोविन्द चौधरी,कार्यपालिका सदस्य चन्द्रा भुल विशिष्ठ अतिथि रहेका थिए ।

वडा नम्बर २ का वडा सदस्य डबलबहादुर साउद लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि, अपाङ्गता भएका व्यक्तिहरु र तालिममा सहभागीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै उप प्रमुख अतिथि रोकायाले आफू हरु जहिले पनि अपाङ्गता भएका व्यक्तिहरुको पक्षमा हुदाहुँदै पनि देखिने गरी काम गर्न नसकेको बताइन् ।

उनले नगरपालिकाले गर्नु पर्ने कार्य संस्थाले गरि दिएकोमा धन्यवाद व्यक्त गर्दै अगामी दिनहरुमा यो वर्गका निमित्त केही गर्ने प्रतिबद्धता व्यत्त गरिन् । ६ महिनासम्म सिलाइकटाई तालिम लिएका सहभागीहरुलाई सिकाइ प्रमाणपत्र उपलब्ध गराइएको थियो । भने ६ जनालाई सिलाइ मेसिन पनि उपलब्ध गराइएको थियो ।
अपाङ्ग एकता समाज कैलालीका अध्यक्ष अनिल कुमार मल्लले २०२५ मा लागू भएको परियोजनाले विपत न्यूनीकरणसंगै यो तालिम ८ स्कुलमा अपांगता भएका व्यक्तिहरुलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यहरु गर्दै आएको बताए ।
उनले अपाङ्गता भएका महिला र किशोरीको न्यायमा पहुँच, स्थानीय सरकारका प्रमुख तथा प्रतिनिधिसङ्ग समग्र अपाङ्गता भएका व्यक्तिका लागी कानुनी व्यवस्था र वर्तमान अवस्था, सिलाइ कटाई तालिम लगायतका कार्यक्रमहरु गर्दै आएको र यसका कारण अपाङ्गता भएका व्यक्तिहरुलाई सहज भएको उनले बताए ।
उक्त परियोजनाले गोदावरी,गौरिगङ्गा, घोडाघोडी, बर्दगोरीया गरी कैलाली जिल्लाका ४ वटा पालिकामा काम गर्दै आएको थियोे
















