
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर- १० का वडा अध्यक्ष रविन्द्र शाहीमाथि हातपात भएको छ।
गोदावरी- १० को मतदान स्थल शंकर आविमा शाहीमाथि हातपात भएको हो । ढुंगा प्रहारबाट टाउकोमा चोट लागेका उनको पदमा अस्पतालमा उपचार भइरहेको छ।

मतदान स्थल बाहिर केहि समय तनाव भएपनि मतदान प्रभावित नभएको कैलाली-४ का निर्वाचन अधिकृत हरिप्रसाद आर्चायले बताएका छन् ।














