कैलाली-४ मा ३ वडाको मतगणना सम्पन्न, रास्वपा दोब्बर बढी मतले अगाडि

Image
maya metro

अत्तरिया – कैलाली क्षेत्र नम्बर- ४ मा ३ वडाको मतगणना सकिदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोब्बर बढी मतले अग्रता लिएको छ ।

क्षेत्र नम्बर ४ अन्तरगत गोदावरी नगरपालिका – १, ११ र १२ नम्बर वडाको ७ हजार ३८४ मतगणना हुँदा रास्वपाका उम्मेदवार खेमराज कोइरालाले ३ हजार ३१८ मत ल्याएका छन् ।

nisarga

कोइरालालाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार गोरख बहादुर विष्ट (आनन्द)ले १ हजार ४३६ मत पाएका छन् । तेस्रोमा रहेको नेकपा एमालेका उम्मेदवार लेखराज भट्टले १ हजार २५९ मत प्राप्त गरेका छन् ।

चौथोमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थान बनाएको छ । नेकपाका उम्मेदवार हरिराम चौधरी (उत्सव)ले ६०५ मत ल्याएका छन् ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का कमल बम (रजवार)ले १२६ मत प्राप्त गरेका छन् । अहिले गोदावरी-२ को मतगणना भइरहेको छ ।