डडेल्धुरामा ३४ वर्षपछि कांग्रेसको किल्ला ढल्यो, रास्वपाका जोशी विजयी

Image
maya metro

डडेल्धुरामा ३४ वर्षपछि नेपाली कांग्रेसको किल्ला ढलेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. ताराप्रसाद जोशी भारी मतान्तरसहित निर्वाचित भएका छन्। उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी, नेपाली कांग्रेसका उम्मेदवार नैनसिंह महर, लाई ७,०१० मतको फराकिलो अन्तरले पराजित गरेका हुन्।

डा. जोशीले कुल १९,१३१ मत प्राप्त गरेका छन् भने कांग्रेसका महरले १२,१२१ मत पाएका छन्। प्रतिस्पर्धामा रहेका अन्य उम्मेदवारमध्ये नेकपाका मानसिंह मालले ६,८३४ मत प्राप्त गरी तेस्रो स्थान हासिल गरेका छन् भने नेकपा एमालेका चक्र स्नेही ३,०२६ मतसहित चौथो स्थानमा रहेका छन्।

nisarga

यस मत परिणामले डडेल्धुरामा ३ दशकभन्दा बढी समयदेखि कायम कांग्रेसको प्रभुत्वमा ठूलो परिवर्तन आएको देखाउँछ। रास्वपाको यो ऐतिहासिक विजयले राजनीतिक परिदृश्यमा नयाँ ऊर्जा र रणनीतिके स्वरूप प्रस्तुत गरेको छ।