कैलाली ४ बाट विजयी भएका कोइरालाले लिए प्रमाणपत्र

Image
maya metro

अत्तरिया – फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा कैलाली क्षेत्र नम्बर ४ बाट विजयी भएका खेमराज कोइरालाले प्रमाणपत्र ग्रहण गरेका छन् ।

कैलाली-४ का निर्वाचन अधिकृत हरि प्रसाद आचार्यले उनलाइ विजयी भएको प्रमाणपत्र प्रदान गरेका हुन् ।

nisarga

कैलालीका प्रमुख निर्वाचन आयुक्त, प्रदेश निर्वाचन कार्यालयका प्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरुको उपस्थितिमा कोइरालाले प्रमाणपत्र ग्रहण गरेका हुन् ।

गएराती सम्पन्न भएको मतगणनामा कोइरालाले २८ हजार ५५६ मत प्राप्त गर्दै विजय हाँसिल गरेका हुन्।