सीमामा ३ लाखभन्दा बढी रुपैयाँसहित एक जना पक्राउ

Image
maya metro

धनगढी – कञ्चनपुरको बेलौरी–बसहीस्थित नेपाल–भारत सीमामा ३ लाखभन्दा बढी रुपैयाँसहित एक जना पक्राउ परेका छन्।

शनिबार ७६९/६ नम्बर सीमा स्तम्भ नजिक खटिएको भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले पुर्नवास नगरपालिका–२ का राजकुमार अधिकारीलाई ३ लाख ३६ हजार ९५० नेपाली रुपैयाँसहित नियन्त्रणमा लिएको हो।

nisarga

एसएसबीका अनुसार अधिकारीले भारतबाट नेपाल आउँदै गर्दा हेलमेटभित्र पैसा लुकाएर ल्याइरहेका थिए। रकमको स्रोत खुलाउन नसकेपछि उनलाई भारतीय प्रहरीको जिम्मा लगाइएको छ।

प्रहरीले उनको साथबाट एक पल्सर मोटरसाइकल र दुई वटा सामसङ मोबाइल पनि बरामद गरेको छ। उनलाई थप कारबाहीका लागि भन्सार कार्यालय पलिया पठाइएको भारतीय प्रहरीले जनाएको छ।