कैलालीमा विचाैलियाकाे भूमिका खेलेकाे भन्दै मालपाेत र यातायातबाट १२ जना पक्राउ

Image
maya metro

धनगढी – कैलालीमा विचाैलियाकाे भूमिका खेलेकाे आराेपमा प्रहरीले १२ जनालाई पक्राउ गरेकाे छ ।

यातायात व्यवस्था कार्यालय र मालपोत कार्यालय धनगढी बाहिर अनुमति बिना लेखापढी व्यवसाय गर्दै बिचाैलियाकाे भूमिका खेलेकाे भन्दै उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

nisarga

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) याेगेन्द्र तिमिल्सिनाले यातायात व्यवस्था कार्यालयबाट ६ र मालपोत कार्यालय बाहिरबाट ६ जनालाई नियन्त्रणमा लिइएको बताए ।

उनकाअनुसार मालपोत कार्यालय बाहिर अनुमति बिना लेखापढी गरेकाे पाइएपछि ६ जना पक्राउ परेका हुन् भने यातायात व्यवस्था कार्यालय बाहिर बिचाैलियाकाे भूमिका खेल्ने गरेको गुनासाेका आधारमा ६ जनालाई नियन्त्रणमा लिइएकाे हाे ।

सबैलाई जिल्ला प्रहरी कार्यालयकाे हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।