धनगढीमा २० हजारसहित ६ जुवाडे पक्राउ

Image
फाईल फोटो
maya metro

धनगढी – कैलालीको धनगढी उप-महानगरपालिका वडा नं. ४ स्थित एक डेरा कोठाबाट जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् ।

पाल्पाको तनहुँ गाउँपालिका घर भई हाल धनगढी बस्ने टेक कुमारी गाहामगरको कोठामा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीले शुक्रबार दिउँसो छापा मारेको थियो ।

nisarga

प्रहरीले सो स्थानबाट नगद २० हजार १४० र ३ गड्डी तास सहित टेक कुमारी गाहामगर लगायत ६ जनालाई पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।