कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ

Image
maya metro

कैलाली – जिल्लाका दुई छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।

टीकापुर नगरपालिका–१ ब्लक नम्बर १२ बाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ ३ ग्राम ३२० मिलिग्रामसहित सोही ठाउँ बस्ने १९ वर्षीय बिशाल कुँवरलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले उनलाई उक्त पदार्थसहित नियन्त्रणमा लिएको जनाएको छ।

nisarga

यस्तै, भजनी नगरपालिका–३ मोहनपुरबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थ ५ ग्राम २१० मिलिग्रामसहित भारत उत्तर प्रदेश रननगर खिरी बनविरपुर बस्ने ३४ वर्षीय गुरमुख सिंहलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको यूपी३१ सीई ५३४८ नम्बरको भारतीय मोटरसाइकल जाँच गर्ने क्रममा उक्त पदार्थ बरामद गर्दै उनलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो।

दुवै घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।