कञ्चनपुरमा अटोबाट खसेर वृद्धको मृत्यु

Image
maya metro

कञ्चनपुर – कञ्चनपुरमा अटोबाट खसेर बृद्धको मृत्यु भएको छ ।

शुक्लाफाँटा नगरपालिका–५ गर्जमनीस्थित भित्रि सडक खण्डमा अटोबाट खसेर सोही ठाउँ बस्ने ८५ वर्षीय रामदत्त पन्तको मृत्यु भएको प्रहरीले जनाएको छ ।

nisarga

प्रहरीकाअनुसार पन्त सुपप्र ०१–००२ स ०१६८० बाट खसेर गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारका लागि धनगढीको निसर्ग अस्पताल ल्याइएको थियो तर उनको आइतबार दिउँसो उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापछि अटो र चालक शुक्लाफाँटा नगरपालिका–५ खजुवाका २८ वर्षीय नरेन्द्र जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान जारी छ ।