
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–२ स्थित अत्तरियामा रहेको अत्तरिया साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको वैशाख २६ गते हुने निर्वाचनको लागी उम्मेदवारी दर्ता प्रक्रिया सकिएको छ ।
वरिष्ठ अधिवक्ता प्रयागदत्त भट्टको संयोजकतवमा रहेको निर्वाचन समितिले वैशाख १४ गते दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको थियो ।

खानेपानीको नयाँ नेतृत्वको ४ जनाले प्यानलसहित र १ जनाले एकल गरी लागि ५ जनाले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन् । अध्यक्षका लागि राजेन्द्र बहादुर खड्का, हर्क बहादुर शाह, गणेश शाह र राज बहादुर खड्काले प्यानलसहित उम्मेदवारी दर्ता गरेका हुन् भने नन्दराज भट्टले एकल उम्मेदवारी दर्ता गरेका हुन् ।
त्यस्तै उपाध्यक्षमा लक्ष्मण बहादुर कठायत, प्रेम सिं कडायत,चन्द्र सिंह धामी र पुष्पराज चटौतको उम्मेदवारी परेको छ । त्यस्तै महासचिवमा धर्म सिंह कुँवर,धनराज विष्ट जोशी, गोरख बहादुर कडायत र तिर्थराज ओझाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । संस्थाको कोषाध्यक्ष पदका लागि पनि चार जनाको उम्मेदवारी परेको जनाइएको छ ।
भोज बहादुर साउद, नर बहादुर बलायर, सुरेन्द्र बहादुर साउद र बाबुराम बलमपाकीले कोषाध्यक्ष पदका लागि उम्मेदवारी दिएका हुन् । सचिवमा छविन्द्र नाथ योगी, मदन राज शर्मा जोशी र टेक बहादुर मल्लले उम्मेदवारी दिएका छन् ।
त्यस्तै संस्थाको ६ जना सदस्य पदका लागि २२ जनाको उम्मेदवारी परेको छ । रमेश कडायत, विर वहादुर विश्वकर्मा, चन्द्रा कुमारी कठायत, जमुना देवी साउद, खिमा देवी ओझा, राधा विष्ट कुँवर र धर्मराज भट्ट सदस्य पदका उम्मेदवार रहेका छन् ।
त्यस्तै लक्ष्मी कुमारी बोहरा, सीता देवी सोब, मनिषा राना, शकुन्तला कुमारी पाण्डे, सुरज जोशी, रामदत्त भट्ट र सकुन्तला सोबले पनि सदस्यका लागि उम्मेदवारी दर्ता गरेका छन् ।
उर्मिला बोगटी, नन्दा देवी कामी, अमुना देवी चौधरी, हेमा कुमारी चन्द, हेमा नौन्याल, धना खत्री, चक बहादुर देउवा र तेजराज भट्टले सदस्यका लागि उम्मेदवारी दर्ता गरेका छन् ।
संस्थामा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष गरी ५ जना पदाधिकारी र ६ जना सदस्य गरी प्रत्यक्ष निर्वाचित ११ सदस्यीय समिति रहने व्यवस्था रहेको छ । यहि वैशाख २६ गते हुने चुनावका लागि संस्थाका ५ हजार ७४२ जना उपभोक्ता मतदाता रहेका छन् ।














