
अत्तरिया – कैलाली क्षेत्र नम्बर-४ का संघिय सांसद खेमराज कोइरालाले आफ्नो निर्वाचन क्षेत्रका नागरिकहरुसंग भेटघाट गरेका छन् । गत चैत्र २७ गते संसदको चालु अधिवेशन अन्त्य भएपछि निर्वाचन क्षेत्र आएका कोइरालाले २० वटा वडाका नागरिकहरुसंग भेटघाट गरेका हुन् ।
भेटघाटकाक्रममा गाउँबस्ती पुगेका कोइरालालाई नागरिकहरुले आफ्ना समस्या पेश गर्नुका साथै र सांसद र सरकारलाई सुझाव पठाएका छन् । २० वटै वडा पुग्नेक्रममा नागरिककका आधारभूत आवश्यकताहरु समेत पुरा हुन बाँकी रहेको पाइएको सांसद कोइरालाले बताए । “म आफ्नो निर्वाचन क्षेत्रका २० वटा वडामा पुगको छुे, निर्वाचनका बेला पुग्न नसकेका ठाउँमा पनि अहिले पुगेको छु ।


क्षेत्र नम्बर ४ मा पहाड र तराईँ दुई क्षेत्र पर्ने भएकोले फरकफरक किसिमका आवश्यकताहरु पाइएका छन्, उनले भने नागरिककका आधारभूत आवश्यकताहरु समेत पुरा हुन बाँकी रहेको पाएका छौँ ।” सांसद कोइरालासंग पहाडी र चुरे क्षेत्रका नागरिकहरुले बाटोघाटो, विद्युत, खानेपानी, नदी कटान, विद्यालय भवन, फोन नेटवर्क लगायतका समस्याहरु पेश गरेका छन् ।
चुरे क्षेत्र, गोदावरी नगरपालिकाको ४ नम्बर वडास्थित फुलबस्ती, पट्रेनी, गैरीगडा, बेलपानी,हाटखोली, बन्दगडा लगायतका क्षेत्रका नागरिकहरुले सडक सुविधा पुर्याउनु पर्ने , विद्युतको थ्री फेज लाइन बिस्तार गर्नुपर्ने, खानेपानीको सुविधा पुर्याउनुपर्ने, टेलिकमको नेटवर्क पुर्याउनु पर्ने माग राखेका छन् ।

फुलबस्तीकी अमिता ठगुन्नाले सडकको सुविधा नहुँदा वर्षाको समयमा बिरामीलाई पिठ्युमै बोकेर लैजानुपर्ने बताइन् । त्यस्तै फुलबस्तीका नर बहादुर धामीले फोनको नेटवर्क नटिप्ने र स्वास्थ्यसेवा बाट पनि आफूहरु बञ्चित भएको बताए । उनले प्रहरी बिट यस क्षेत्रमा आवश्यक रहेको बताए । समस्या रहेको बताए ।
त्यस्तै गोदावरीका पूर्व वडा अध्यक्ष समेत रहेका पट्रेनीका प्रेम भण्डारीले विद्युतको पावर नपुग्दा खानेपानी लिफ्टििङ गर्न नसकिएको बताए । चाँदनी आधारभूत विद्यालयका शिक्षक कृष्ण बहादुर धामीले विद्यालयमा भवन, फर्निचर लगायतका कुराहरु आवश्यक रहेको बताए ।
त्यस्तै बन्दगडाका मान बहादुर साउँदले नदी कटानको समस्या रहेको बताए भने हाटखोलीका भिम बहादुर साउँदले खुटिया दिपायल सडकमा ठेक्का हुँदा पनि ठेकेदारले अलपत्र पारेकोले समाधान चाँडै निकाल्नुपर्ने बताए ।

हालसम्म आफूहरु पुगेको ठाउँमा वडा तहको सरकारले गर्नुपर्ने, गर्नसक्ने कामहरु नागरिकले माग गरिहेको उनले बताए । प्राय सबै ठाउँमा बाटोघाटो, विद्युत, खानेपानी, नदी कटान, विद्यालय भवन, फोन नेटवर्क, खेल मैदान लगायतका समस्याहरु देखिएको उनले बताएका छन् । नागरिकले राखेका समस्या समाधानका लागि आफू अहोरात्र खट्ने उनले बताए ।
त्यसबाहेक ठेक्का हुँदा पनि ठेकेदारले समयमा काम नगरेको गुनासो पनि त्यतिकै रहेको उनको भनाई छ । कोइरालाले जनताका कामका लागि पार्टी नहेर्ने पनि बताएका छन् ।
जनताका काम सहज तरिकाले हुनुपर्छ, हामी पार्टी हेर्दैनौ नागरिकसंग आफ्ना भनाई राख्नेक्रममा उनले भन्ने गरेका छन् । कोइरालाले आफूहरु जनताका काम गर्नकै लागि आएकोले भ्रष्टाचार अन्त्य गरी विकास र सुशासन पहिलो प्राथमिकतामा रहने बताएका छन् ।
अहिले केन्द्रिय स्तरका भ्रष्टाचारका फाइल खुलिरहेको बताउँदै उनले क्रमस प्रदेश र स्थानीय तहका भ्रष्टाचारहरु पनि बाहिर आउने उनले बताएका छन् । उनले आफ्नो क्षेत्रमा हुने विकास लगायतका हरेक गतिविधिहरुका निगरानी बढाउन र नागरिकका कामहरुमा आफ्नो क्षेत्रबाट समुन्वय गर्न पनि पार्टीका कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।














