
अत्तरिया – राजनीतिमा प्रायः ठूलो संगठन, बलियो समूह र शक्तिशाली गुटलाई सफलताको आधार मानिन्छ ।
तर कैलालीको गोदावरी नगरपालिकामा भने एउटा यस्तो नाम छ, जसले सानो राजनीतिक घेराभित्र रहेर पनि आफ्नो प्रभाव निरन्तर विस्तार गरिरहेका छन् । अत्तरिया क्षेत्रका कुनै संघ संस्थामा होस् वा कुनै विकासवादी मुद्धा ।

ति हरेक क्षेत्रमा सक्रिय रहने व्यक्ति हुन् धर्मसिंह कुँवर । नेपाली कम्युनिस्ट पार्टीका गोदावरी नगर इन्र्चाज समेत रहेका उनी करिब आधा दर्जन संघ संस्था र समितिहरुमा आवद्ध छन् ।
गत शनीबार भएको अत्तरिया खानेपानीको मतदानबाट पनि उनी महासचिव पदमा लोकप्रिय मतकासाथ विजयी भएका छन्।
दलगत रुपमा गोदावरीमा नेकपाको संगठन त्यति बलियो नभए पनि मिलनसार स्वभावका कुँवर नगर भित्रका संघ संस्थामा राम्रो प्रभाव राख्दछन् । उनी प्रतिभा सामुदायिक पुस्तकालयमा पनि सचिवको जिम्मेवारीमा छन् ।
अध्यक्ष र उपाध्यक्षका लागि निर्वाच हुँदा कुँवर भने सर्वसम्मतमै चयन भएका थिए ।
कुँवर लामो समयदेखि सहिद दशरथ चन्द स्वास्थ्य विद्यालय संघर्ष समितिमा पनि बलियोरुपमा सचिवको भूमिका निर्वाह गर्दै आएका छन् ।
राजनितिक रुपमा सानो सर्कल भए पनि संघ संस्था र समितिहरुमा कुँवरले राम्रो प्रभाव राख्दै आएका छन् ।















