सचेतनामूलक र्याली तथा सरसफाई अभियान सम्पन्न

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी-७ मा सचेतनामूलक र्याली तथा सरसफाई अभियान सम्पन्न भएको छ । “हामी सबैको एउटै आवाज,सफा वातावरण स्वच्छ समाज” भन्ने मूल नारासहित स्थानीय युवाहरुले स्वस्फूर्त आयोजना गरेको कार्यक्रमको नेतृत्व युवा अगुवा शान परियारले गरेका थिए ।

गोदावरी नगरपालिका वडा नम्बर ७ की वडा अध्यक्ष कलावती साउदको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा फोहोर मैला व्यावस्थापन समितिका सदस्य केशव राज पन्त ,श्रीपुर खानेपानीका प्रबन्धक पार्वती ओझा , लक्ष्मी महिला समुदायक वन क अध्यक्ष अमरराज पाठक, चण्डेश्वरी आधारभूत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष साथै स्कुलका शिक्षक, विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

nisarga

र्यालीका सहभागीहरुले स्थानीय बासिन्दालाई जथाभावी फोहोर नफाल्न, खुला ठाउँमा फोहोर नजलाउन तथा वातावरण स्वच्छ राख्न आग्रह गर्दै घरदैलो सचेतना कार्यक्रम पनि सञ्चालन गरिएको थियो।

कार्यक्रममा सहभागी युवाहरूले स्वस्थ समाज निर्माणका लागि केवल व्यक्तिगत स्वास्थ्य मात्र पर्याप्त नहुने भन्दै स्वच्छ वातावरण र सामाजिक जिम्मेवारी पनि उत्तिकै आवश्यक रहेको बताएका थिए।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष साउदले फोहोर व्यवस्थापन र सरसफाइ एकदिनको कार्यक्रम नभइ दैनिक बानी बन्न आवश्यक रहेको बताइने् । उनले वडाले पनि यस विषयमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

युवा अगुवा शान परियारले “फोहोर केवल एक दिनको मात्र असर नभएर यसले आउने भविष्यमा न मानव जातिलाई नै संकटमा राख्न सक्ने खतरा भएको हुँदा हामी सबैले यस्ता कार्यहरुमा अग्रसरता देखाउन जरुरी रहेको भन्दै समाज लाई सकारात्मक दिशातर्फ उन्मुख गराउन आफू सधैँ लागिपर्ने बताए ।

कार्यक्रममा स्थानीय युवा, समाजसेवी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो।