नवजीवन सहकारीको अध्यक्षमा गोपालराज पाठक निर्वाचित

Image
maya metro

अत्तरिया – धनगढीमा मुख्य कार्यालय रहेको नवजीवन सहकारी संस्था लिमिटेडको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।

शनिबार भएको निर्वाचनको अन्तिम मत परिणाम आइतबार राती सार्वजनिक भएको हो ।

nisarga

निर्वाचनमा गोपालराज पाठक अध्यक्ष पदमा विजयी भएका छन् भने उपाध्यक्षमा उत्तम जोशी निर्वाचित भएका छन्।

अध्यक्ष पदमा पाठकले ४ हजार ७८४ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी केशव मिश्रलाई पराजित गरेका हुन्।

मिश्रले ४ हजार ४६९ मत पाए । त्यसैगरी उपाध्यक्ष पदमा उत्तम जोशी ४ हजार ३३२ मतसहित विजयी बनेका छन्।

त्यस्तै संस्थाको लेखा सुपरीवेक्षण समितिमा गणेश प्रसाद जोशी तथा सदस्यहरुमा खेमराज पाठक र गणेशराज उपाध्याय विजयी भएका छन् ।

सदस्यहरुमा केशवराज जोशी, कोपीला कुवर, खेमराज पाण्डेय, गणेश बम, जयराज जोशी, दिर्घ बहादुर शाह र लक्ष्मीराज पन्त विजयी भएका छन् ।