भोलि गंगा दशहरा, धनगढीमा स्थानीय बिदा

Image
maya metro

धनगढी – कैलालीको धनगढी उपमहानगरपालिकामा भोलि स्थानीय बिदा दिइएको छ । हरेक वर्ष गंगा दशहराको अवसरमा उपमहानगरपालिकाले बिदा दिँदै आएको छ ।

दशहरामा धनगढी उपमहानगरपालिका वडा नं. १६ रामपुरस्थित बेहडाबाबा मन्दिरमा मेला लाग्ने भएका कारण उपमहानगरमा भोलि पनि बिदा दिइएको सूचनामार्फत जानकारी दिइएको छ ।

nisarga

‘बेहडाबाबा क्षेत्रलाई प्रमुख धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्दै लैजाने उद्देश्य भएकोले यसको महत्वलाई समेत दृष्टिगत गरी उक्त पर्व मनाउन हरेक वर्ष गंगा दशहरामा एकदिन धनगढी उपमहानगरपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालयहरु, शिक्षण संस्थाहरु एवम् संघ संस्थाहरुलाई स्थानीय सार्वजनिक बिदा दिने निर्णय भएकोले यसवर्ष १२ गते गंगादशहरा पर्व परेकोले उक्त दिन स्थानीय सार्वजनिक बिदा हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ प्रमुख प्रशासकीय अधिकृत जनकराज भट्टद्वारा जारी सूचनामा भनिएको छ ।