
अत्तरिया – सुकुम्बासीहरुको समस्या समाधान गर्न माग गर्दै कैलालीको अत्तरियामा विरोध कार्यक्रम आयोजना गरिएको छ ।
मोहन वैद्य नेतृत्वको क्रान्तिकारी पार्टी नेपाल निकट क्रान्तिकारी सुकुम्बासी संघ २ नम्बर ब्युरोले सुकुम्बासीहरुको समस्या समाधान गर्न माग गर्दै नाराजुलुससहित कोणसभा आयोजना गरेको हो ।

संघले सुकुम्बासीमाथिको दमन बन्द गर्नुपर्ने, आवास अधिकार सुनिश्चित गर्नुपर्ने, स्वास्थ्य, शिक्षा र रोजगारीको ग्यारेन्टी गर्नुपर्ने लगाएतका माग राख्दै विरोध जनाएको हो ।
विरोध कार्यक्रमलाई संघका उपाध्यक्ष टंक कोइराला, ब्युरो इन्चार्ज लाल बहादुर जाग्री , सदस्य राम बहादुर धामी लगायतले सम्बोधन गरेका थिए ।
उनीहरूले अल्गोरिदम खरिद गरेर जितेको पार्टीले सुकुम्बासीहरुको उठिबास गरेको आरोप लगाए ।
सुकुम्बासी समस्या न्यायोचित ढंगले समाधान नभए आफूहरु संघर्षका कार्यक्रमहरु अघि सार्ने उनीहरुले बताएका छन्।
सुकुम्बासीहरुको झुपडीमा डोजर चलाउने काम बन्द गर्नुपर्ने उनीहरूको माग छ ।















