सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सदस्यमा लिलाधर बास्कोटा नियुक्त

Image
maya metro

अत्तरिया – सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सदस्यमा लिलाधर बास्कोटा नियुक्त भएका छन् ।

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान ऐन, २०७६ (पहिलो संशोधन सहित) को दफा ८ को उपदफा (१) अनुसार सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको पदाधिकारी तथा प्राज्ञ सभाको सदस्यहरुको नियुक्ति सिफारिस गर्न गठित सिफारिस समितिले जेठ १२ बास्कोटालाई प्राज्ञ सदस्यमा नियुक्त गरेको हो ।

nisarga

राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष समेत रहेका बास्कोटा विगत ३५ वर्षदेखि सुदूरपश्चिमको कला संस्कृति जर्गेनाका लागि प्रयासरत छन् । कैलालीको अत्तरियाका स्थानीय बासिन्दा बास्कोटा दुर्गालक्ष्मी नमूना माविका शिक्षक समेत हुन् ।