
अत्तरिया – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कैलालीको गोदावरी नगर समितिको सभापतिमा आशिष धामी चयन भएका छन् ।
नगर समितिको आज भएको प्रथम अधिवेशनले धामीलाई सभापतिमा चयन गरेको हो । त्यस्तै समितिको उपसभापतिमा गंगादत्त जोशी चयन भएका छन् ।

सचिवमा रमेश कुमार ओली, सह सचिवमा भिष्मा खड्का र कोषाध्यक्षमा रेवन्ती धामी ठगुन्नना चयन भएका छन् ।
खुला सदस्यहरुमा मान बहादुर विष्ट, सुरज ओझा, नन्दराम राना, सिताराम कठायत र गोविन्द रोकाया चयन भएका छन् ।
त्यस्तै महिला सदस्यहरुमा सरस्वती कुमारी विष्ट ऐर, मेनुका बम ऐर, पार्वती देवी भण्डारी, उर्मिला अधिकारी र लक्ष्मी विक चयन भएका छन् । चयन भएको कार्यसमितिले आजै शपथ पनि लिएक छ ।















