कैलालीमा एकैदिन १४ फरार प्रतिवादी पक्राउ

Image
maya metro

धनगढी – कैलाली प्रहरीले एकैदिन विभिन्न मुद्दामा अदालतबाट सजाय तथा जरिवाना ठहर भई फरार रहेका १४ जना प्रतिवादीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयकाअनुसार आइतबार फैसला कार्यान्वयन अभियानअन्तर्गत मातहतका प्रहरी इकाइबाट खटिएको टोलीले अदालतको फैसलाअनुसार कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका १४ जनालाई जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरेको हो।

nisarga

पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।

सम्बन्धित पाेस्टहरु