
अत्तरिया – कैलालीको अत्तरियामा रहेको अत्तरिया उद्योग वाणिज्य संघको अध्यक्षमा कमल कडायत निर्वाचित भएका छन् ।
हिजो भएको मतदानको आज सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार आफ्ना प्रतिष्पर्धी रमेश भट्टराईलाई ३६ मतले पराजित गर्दै कडायत अध्यक्षमा निर्वाचत भएका हुन् । कडायतले ४०६ मत पाउँदा भट्टराईले ३७७ मत पाए । अध्यक्षका अर्का उम्मेदवार नैनसिंह कार्कीले ९० मत प्राप्त गरेका छन् ।

संघको उद्योग उपाध्यक्षमा धनादेवी चोखाल निर्वाचत भएकी छिन् । उनले आफ्नी निकटतम प्रतिद्धन्दी भिष्मा खड्कालाई २५ मतले पराजित उद्योग उपाध्यक्षमा जित हात पारेकी हुन् । चोखालले २७६ मत पाउँदा खड्काले २५१ मत पाएकी छिन् । उद्योग उपाध्यक्षतर्फका अर्का उम्मेदवार लोकराज ओझाले २४१ मत पाएका छन् भने सुर्यप्रसाद गौतमले ९८ मत प्राप्त गरेका छन् ।
त्यस्तै संघको वाणिज्य उपाध्यक्षमा ३८२ मतसहित गणेश बोगटी निर्वाचत भएका छन् । उनका प्रतिष्पर्धी वीरेन्द्र बहादुर विष्टले २५३ मत पाएका छन् भने पूर्ण प्रसाद चौलागाईले ९१ र लक्ष्मण बहादुर धामीले १३३ मत पाएका छन् । वस्तुगत उपाध्यक्षमा ३०३ मत सहित बासुदेव पन्त निर्वाचित भएका छन् । उनले आफ्ना प्रतिष्पर्धी समीर गीरीलाई १० मतले हराएका हुन् ।
वस्तुगत उपाध्यक्षका अर्का उम्मेदवार लहानु चौधरीले ११० र खेमराज सापकोटाले १३९ मत पाएका छन् । संघको महासचिवमा गम्भीर साउँद निर्वाचत भएका छन् । साउँदले ३६२ मत पाउँदा उनका निकटतम प्रतिद्धन्दी गोकुल भट्टले ३१८ मत पाएका छन् भने प्रकाश बहादुर कुँवरले ८० र अनिस सिंहले ९२ मत पाएका छन् । त्यस्तै कोषाध्यक्षमा २२० मतसहित दिपेन्द्र अवस्थी निर्वाचित भएका छन् ।
निकटतम प्रतिद्धन्दी बालकृष्ण ओझालाई ३० मतले पराजित गर्दै अवस्थी कोषाध्यक्षमा निर्वाचित भएका हुन् । कोषाध्यक्षका अन्य उम्मेदवारहरु दिपक प्रकाश न्यौपानेले ९२ र रामदत्त भट्टले ७९ मत पाएका छन् । सचिवमा धिरेन्द्र बोहरा निर्वाचित भएका छन् । निकटतम प्रतिद्धन्दी राजन सिजापतीलाई ५ मतले पराजित गर्दै सचिवमा सिजापती निर्वाचत भएका हुन् ।
सचिवका अर्का उम्मेदवार मनोजराम दमाईले ६४ र दिपकराज भट्टले २३८ मत पाएका छन् । त्यस्तै सदस्यहरुमा ३९४ मतसहित शेखर पनेरु, ३६८ मतसहित घनश्याम जोशी, ३४४ मतसहित डिल्लीराज ओझा र ३१९ मतसहित लक्ष्मीराज ओझा निर्वाचित भएका छन् । सदस्यका उम्मेदवारहरु चन्द्र सिंह धामीले २५२ ,सुर्य खत्रीले १६७, पदम बहादुर बोहराले १००, डल्लु रानमगरले १०० र चन्द्रा कुमारी रावतले ८८ मत पाएका छन् ।
त्यस्तै सदस्यमै गोविन्द बहादुर रोकायाले १६२, यज्ञराज जोशीले १०८, दिल बहादुर खत्रीले ९५ र दीपा चौधरीले ११८ मत पाएका छन् । पदाधिकारीतर्फ ५३ र सदस्यतर्फ ८४ मत बदर भएको निर्वाचन समितिका संयोजक अधिवक्ता देवराज भट्टले बताएका छन् । संघको ११ जनाको कार्यसमितिका लागि ४३ जना चुनावी मैदानमा उत्रिएका थिए । गोदावरी २ वनखेतस्थित संस्थाको भवनमा आइतबार बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म भएको जम्मा ९६४ मत खसेको थियो । संघमा हाल १ हजार २४ जना सदस्य आबद्ध छन् ।
जसमा अध्यक्षका लागि कमल कडायत, रमेश भट्टराई, नैन सिंह कार्कीले प्यानल सहित उम्मेदवारी गर्दा गराएका थिए । त्यस्तै भिस्मा खड्काले उद्योग उपाध्यक्ष सहित प्यानल दर्ता गराएकी थिइन् । निर्वाचित पदाधिकारी मध्य तीनै जना उपाध्यक्षहरु, महासचिव,सचिव र तीनजना सदस्य कडायत प्यानलबाट निर्वाचित भएका छन् भने कोषाध्यक्ष र एक जना सदस्य लक्ष्मीराज ओझा भट्टराई प्यानलबाट निर्वाचित भएका छन् ।
उद्योग वाणिज्य, र तीन जना सदस्यहरु अधिकांश नक्कली टिकट प्रकरणपछि झण्डै तीन वर्ष बन्धक बनेको संस्थाले नयाँ नेतृत्व चयन भएसंगै अब गति लिने व्यवसायीहरुले अपेक्षा गरेका छन् ।















