जेनजी आन्दोलनमा गाडी लुटेकोको आरोपमा धनगढीका युवक काठमाडौँबाट पक्राउ

Image
maya metro

सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी लुटेको आरोपमा धनगढीका एक युवकलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर–१३ स्थित हिमालीटोल घर भएका २३ वर्षीय नीराजन कुँवर रहेका छन्।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाडौँको कीर्तिपुरबाट पक्राउ गरेको हो। काठमाडौँबाट पक्राउ परेका कुँवरलाई अनुसन्धानको लागि धनगढीमा ल्याइएको जिल्ला प्रहरी कार्यालय कैलालीका इन्स्पेक्टर कैलाश विष्टले जानकारी दिए।

nisarga

२०८२ भदौ २५ मा कुँवर सहितको समूहले दिनदहाडै सुदूरपश्चिम विश्वविद्यालय, स्वास्थ्य संकायका डिन डा.होमनाथ जोशीको निवासबाट गाडी लुटेको प्रहरीको अनुसन्धान निष्कर्ष छ। डिनको निवास धनगढी–५ स्थित हसनपुरमा पार्कीङ गरेर राखेको बा २ झ २८५९ नम्बरको स्कोर्पियो लुटीएको थियो। आरोपी कैलाली जिल्ला अदालतबाट असार ३० मा चोरी तथा लिखत सम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएको थियो।