अत्तरिया–धनगढी ६ लेन सडकखण्डमा ट्राफिक डेमो प्रदर्शन

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरिया–धनगढी ६ लेन सडकखण्डमा ट्राफिक डेमो प्रदर्शन गरिएको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले सोमबार सडक दुर्घटना न्यूनीकरण र ट्राफिक सचेतना अभिवृद्धिका लागि भव्य ट्राफिक डेमो प्रदर्शन गरेको हो ।

nisarga

कार्यक्रममा ट्राफिक प्रहरी, दमकल, एम्बुलेन्स, बस, ट्रक, जिप, कार, अटो र मोटरसाइकलमार्फत दुर्घटना व्यवस्थापन, आपत्कालीन उद्धार तथा सुरक्षित सवारी सञ्चालनको व्यावहारिक अभ्यास प्रस्तुत गरिएको थियो।

कार्यक्रममा गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्ट, प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी नवराज कार्की, सुरक्षाकर्मी, यातायात व्यवसायी तथा स्थानीय नागरिकको उल्लेख्य सहभागिता रहेको थियो।

डेमोमार्फत ट्राफिक नियम पालना, संयमित गति र जिम्मेवार सडक संस्कृतिको सन्देश प्रवाह गरिएको थियो।