
अछाम – अछामको साँफेबगर नगरपालिका–४ स्थित डाँडाखालसैन सामुदायिक वनको ओढारबाट प्रहरीले एक थान भरुवा बन्दुक बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय साँफेबगरबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो ओढारमा लुकाएर राखिएको अवस्थामा उक्त बन्दुक फेला पारी बरामद गरेको हो।

बन्दुक कसले र किन लुकाएर राखेको हो भन्ने विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।














