गोदावरी–७ को आयोजनामा तीज विशेष कार्यक्रम सम्पन्न

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर– ७ मा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ ।

आज जमुनानगरस्थित वडा कार्यालयको प्रांगणमा वडा नम्बर-७ की वडा अध्यक्ष कलावती देवी साउँदको सभा अध्यक्षतामा आयोजित तीज विशेष कार्यक्रममा गोदावरी नगरपालिकाकी उप प्रमुख शारदा देवी रोकाया प्रमुख अतिथि रहेकी थिइन् ।

nisarga

कार्यक्रममा बोल्दै उप प्रमुख रोकायाले नेपालीको संस्कृति र पहिचान बोकेको तीज सभ्य ढङ्गले मनाउन सबैलाई आग्रह गरिन् । तीजको अवसरमा शुभकामना प्रदान गर्दै उनले स्वास्थ्यको समेत ख्याल गरेर व्रत बस्न आग्रह गरिन् ।

रसुवा बाढीका कारण देश कठिन परिस्थितिमा रहेकोले धेरै तडकभडक नर्गन समेत उनले आग्रह गरिन् ।

त्यस्तै कार्यक्रममा विशिष्ट अतिथि रहेकी वडा नम्बर-७ की अध्यक्ष कलावती साउँदले तीज लगायतका चाडपर्वमा तडकभडक गर्न नहुने बताइन् ।

तीज नेपाली महिलाहरुको मौलिक पर्व भएकोले आफूहरुले तीज विशेष कार्यक्रमको आयोजना गरेको उनले बताइन् ।

कार्यक्रममा विभिन्न सङ्घ संस्थाका प्रतिनिधिसहित महिलाहरुको उपस्थिति रहेको थियो । महिलाहरुले नाचगान गर्दै दर खाएका थिए ।