तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

Image
maya metro

हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली नारीले आज दर खाने तयारी गरेका छन्।

दर खाएसँगै चारदिने तीजपर्व सुरु हुन्छ।

nisarga

विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन अर्थात् भाद्र शुक्ल द्वितीयाका दिन आज दर खाइन्छ।

माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा छ। दरका रूपमा विशेषगरी दूधबाट बनेका शुद्ध परिकार खाइन्छ।

दरकोरुपमा व्रतालुहरुले शरिर आडिलो बनाउने परिकारहरु खाने गर्दछन् ।