
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर– ४ ले हरितालिका तीजको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ ।
आज आइतबार वडा कार्यालय परिसरमा शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष हेम प्रकाश मल्लले मौलिक पर्व तीजलाई रमाइलोका साथ मनाउन आग्रह गरे ।
तीजको अवसरमा शुभकामना प्रदान गर्दै उनले स्वास्थ्यको समेत ख्याल गरेर व्रत बस्न आग्रह गरे ।
कार्यक्रममा विभिन्न सङ्घ संस्थाका प्रतिनिधिसहित महिलाहरुको उपस्थिति रहेको थियो ।
महिलाहरुले नाचगान गर्दै दर खाएका थिए ।















