
काठमाडौं – नेपाल प्रहरीले जनपद प्रहरी समूहअन्तर्गत विभिन्न पदमा ३३४ जना कर्मचारी माग गर्दै नयाँ भर्ना खुला गरेको छ।
प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागअन्तर्गत वृत्ति विकास महाशाखा, भर्ना छनोट शाखाले नयाँ भर्नासम्बन्धी सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो।

सूचनाअनुसार प्रहरी सहायक निरीक्षक (जनपद) २११ जना, प्रहरी कार्यालय सहायक (भान्छे) ८३ जना, प्रहरी कार्यालय सहायक (हजाम) १५ जना र प्रहरी कार्यालय सहयोगी (कुचिकार) २५ जना माग गरिएको छ।
इच्छुक उम्मेदवारले १२ असोजदेखि १० कात्तिकसम्म नेपाल प्रहरीको आधिकारिक वेबसाइट मार्फत आवेदन दिन सक्नेछन् ।
प्रहरी कार्यालय सहायक पदका लागि १२ असोजदेखि १० कात्तिकसम्म कार्यालय समयभित्र दरखास्त दिन सकिनेछ।















