गोदावरीमा ३१ लाख बढीको अवैध सामानसहित भारतीय ट्रक चालक पक्राउ

Image
maya metro

अत्तरिया – कैलालीमा ३१ लाख बढीको अवैध सामानसहित भारतीय मिनी ट्रक चालक पक्राउ परेका छन्।

गोदावरी नगरपालिका–३ चौकीडाँडाबाट बिहीबार दिउँसो २६ लाख २५ हजार रुपैयाँ बराबरका मोटरसाइकलका टायर, ट्युब र घाँस काट्ने मेसिनसहित भारतीय नम्बर प्लेटको मिनी ट्रक बरामद गरिएको प्रहरीले जनाएको छ।

nisarga

इलाका प्रहरी कार्यालय मालाखेती र सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण धनगढीको संयुक्त टोलीले ट्रकका चालक भारतको लखिमपुर खिरीका ३८ वर्षीय चन्द्रकुमार बर्मालाई अवैध सामानसहित नियन्त्रणमा लिएको हो।

यस्तै, जिल्लाका विभिन्न स्थानबाट थप साढे पाँच लाख बराबरको अवैध सामान बरामद गरिएको छ। पेय पदार्थ, सुर्ती, बिडी, गुट्खा, कपडा, इलेक्ट्रिक तथा किराना सामान लगायत पाँच लाख ४७ हजार ५० रुपैयाँ बराबरका भन्सार छलीका सामान बेवारिसे अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद ट्रक, सामान र चालकलाई आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालय त्रिनगर पठाइएको छ।