धनगढीमा हाइसको ठक्करबाट एक जनाको मृत्यु

Image
maya metro

धनगढी – धनगढीमा हाइसको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

धनगढी उपमहानगरपालिका–३ फाप्ला नजिकै गएराति सुपप्र०१००१ज१५८० नम्बरको हाइसले ठक्कर दिदा पैदल यात्री चटकपुरका कालु रानाको मृत्यु भएको प्रहरीले जनाएको छ।

nisarga

गम्भीर घाइते भएका रानालाई तत्काल उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो।

तर उनलाई चिकित्सकले राति ११ः१० बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

हाइस चालक कञ्चनपुरको लालझाडी गाउँपालिका–५ बस्ने ४५ वर्षीय लोकेन्द्र पाण्डेय हाइससहित लाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।