यी प्रदेशमा हुनेछ आज वर्षा

Image
maya metro

काठमाडौं – देशका विभिन्न स्थानमा आज वर्षाको सम्भावना छ । काठमाडौं उपत्यकालगायत विभिन्न स्थानमा गएरातिदेखि नै वर्षा भइरहेको छ ।

नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशका सबै भूभाग तथा हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । तराई भूभागमा आंशिक बादल लाग्नेछ ।

nisarga

कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ ।

कोसी प्रदेशका तराई भूभागका एकदुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ ।

विभागले राति हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने बताएको छ ।

तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । तराईका केही भूभागमा हुस्सु लाग्ने सम्भावना छ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।

हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव रहेको छ ।