सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

Image
maya metro

धनगढी – सुदूरपश्चिम प्रदेशसभाको बैठक सुरु भएको केही मिनेटमै स्थगित भएको छ। मंगलबार साँझ ५ बजेका लागि निर्धारित बैठक ५ बजेर २२ मिनेटमा सुरु भए पनि सभामुखले विशेष कारण देखाउँदै पाँच मिनेटका लागि स्थगित गरेका हुन्।

प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८३/८४ को बजेट पारित गर्ने तयारीसहित बोलाइएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भने सहभागी भएको छैन।

nisarga

बजेट पारित गर्ने विषयमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी भित्र विवाद चर्किएपछि कात्तिक १५ गतेभित्र पूरक बजेट ल्याउने सहमति भएको छ।

मंगलबार बसेको नेकपाको संसदीय दलको बैठकले प्रदेशसभामा प्रस्तुत बजेट पारित गर्ने र बजेटमा छुटेका विषय तथा विवादित योजनालाई सम्बोधन गर्न पूरक बजेट ल्याउने निर्णय गरेको थियो।

यता प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बजेट जनपक्षीय नभएको भन्दै प्रदेशसभा बैठक बहिष्कार गर्ने निर्णय गरेको छ।

आजको प्रदेशसभा बैठकबाट बजेट पारित गर्ने सरकारको तयारी छ।