
अत्तरिया – कैलालीको अत्तरियामा मोटरसाइकलको ठक्करबाट साइकलमा सवार एक बालक घाइते भएका छन् ।
घाइते हुनेमा
गोदावरी नगरपालिका-१ बस्ने बिक्रम पौडेलका ११ वर्षिय छोरा दिपेश पौडेल रहेका छन् ।

शुक्रबार बिहान चुरे –१ चटकपुरका २२ वर्षिय बिमल बमले चलाएको अत्तरियातर्फ आउंदै गरेको बा प्र०२०१५प५०९८ नम्बरको मोटरसाइकलले पौडेललाई ठक्कर दिएको हो।
ठक्करबाट गम्भीर घाइते भएका उनको पदमा अस्पतालमा उपचार पछि डिस्चार्ज गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।





























