हिमपातका कारण अवरुद्ध सुदूरपश्चिमका सडक अझै सुचारु हुन सकेनन्

Image
maya metro

अत्तरिया – सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा बिहीबारदेखि परेको हिमपातका कारण अवरुद्ध भएको सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अझै सुचारु हुन सकेको छैन।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार डोटीको सानागाउँ, बैतडीको खोड्पे, डडेल्धुराको हगुल्डेमा सडक अवरुद्ध रहेको छ ।केही बेरमा फेरी हिउँ पन्छाउने काम सुरु गरिने बताइएको छ।यस्तै बझाङ जोड्ने जयपृथ्वी राजमार्ग पनि अवरुद्ध रहेको  छ।

nisarga

ति ठाउँमा सडक खुलाउने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।