कञ्चनपुरमा आयोजित ब्याडमिन्टनको उपाधि सिंह र बोहरालाई

Image
maya metro

महेन्द्रनगर – महाशिवरात्रि तथा सेना दिवसका अवसरमा कञ्चनपुरमा सेनाद्वारा आयोजित पुरुष सिनियर डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि शेरबहादुर सिंह र गोकुल बोहराको जोडीले जितेको छ। आज कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न फाइनल खेलमा ज्ञानु डगौंरा र चन्द्रदेव अवस्थीको जोडीलाई २१–१२, १३–२१ र २१–१२ को सेटले हराउँदै सो उपाधि जितेको हो।

यहाँस्थित श्री नम्बर २५ वाहिनी अड्डा भगतपुर ब्यारेकको आयोजना एवं कञ्चनपुर जिल्ला ब्याडमिन्टन सङ्घको सहकार्यमा भएको प्रतियोगितामा जिल्लाभरका २८ टोलीले सहभागिता जनाएका थिए। नागरिक–सैनिक सम्बन्ध सुदृढीकरण गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताका उपाधि विजेता, उपविजेता खेलाडीहरुलाई प्रमाणपत्र, ट्रफी र मेडलसहित पुरस्कृत गरिएको छ।

nisarga

उपाधि विजेता खेलाडीलाई श्री नम्बर २५ वाहिनी अड्डाका निमित्त वाहिनीपति महासेनानी शशिकिरण रायमाझी, नेपाल ब्याडमिन्टन सङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द स्वाँर, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख श्यामसिंह चौधरी र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ओम बस्नेत लगायतले पुरस्कृत गरे। प्रतियोगितामा डगौँरा र अवस्थीको जोडी द्वितीय भएको छ। भने भरत चन्द र धीरज चन्द एवं प्रेमसिंह भाट र प्रकाश पन्तले तृतीय स्थान हाँसिल गरेका छन्।

रासस