समन्वय समितिका हाकिमलाई पदाधिकारीले कार्यकक्षमै थुने

Image
maya metro

धनगढी – कञ्चनपुरमा जिल्ला समन्वय समितिका ‘हाकिम’ कार्यकक्षमै थुनिएका छन्। समन्वय समितिका पदाधिकारीले समन्वय अधिकारी खेमप्रसाद चौधरीलाई कार्यकक्षमै थुनेका हुन्।

सेवा सुविधा रोकेको भन्दै पदाधिकारीले बुधबार दिउँसो समन्वय अधिकारी चौधरीलाई कार्यकक्षमै थुनेको बताएका छन्। अहिले प्रहरीले कार्यकक्षको ताला तोडेको बताएको छ। सुविधा रोकेको भन्दै पदाधिकारीहरु आक्रोशित भएपछि उनीहरुले कार्यकक्षमै थुनेका हुन्। सुविधाहरु तत्काल पाउनुपर्ने उनीहरुको माग रहेको छ।

nisarga